add

कारलाई लक्जरी बनाउन यी ५ आइडिया लगाउनुस्






ActPro Nepal

|

६ चैत, २०७६

|
809

काठमाडौं । लक्जरी कारमा सबै प्रकारका विशेषता समेटिएका हुन्छन् । अत्याधुनिक विशेषतासँगै सामान्य कारको तुलनामा लक्जरी कारको मूल्य निक्कै बढी हुनेगर्छ ।

लक्जरी कारको खरिद गर्नु आम–मानिसको पहुँच बाहिरको कुुरा हो । तर, सामान्य कारको प्रयोग गर्दैआएका मानिसले आफ्नै कारमा लक्जरियस विशेषता थप्न सक्नेछन् । थोरै बजेटमा लक्जरी कारको सुविधा जडान गर्ने केही तरिका यस्ता छन् ।

फ्लोर म्याटः साधारण कारलाई लक्जरियस बनाउन ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा फ्लोर म्याट हो । गाडी मालिकले आफ्नो कारमा राखिएको फ्लोर म्याटलाई परिवर्तन गर्दै कस्टम फिट फ्लोर म्याट राख्न सक्नेछन् । ताकि, तपाईंको गाडी लक्जरियसभन्दा कम नबनोस् ।

सिट कभर



गाडी मालिकले सिटलाई आकर्षक तथा सुन्दर बनाउन सिटर कभरको छनौट गर्दा विशेष ध्यान दिनुपर्छ । यसका अलवा सिटमा थर्मो इलेक्ट्रीक हिटर वा कुलरसमेत लगाउन सकिनेछ । गर्मी तथा जाडो मौसममा गाडीको आन्तरिक तापक्रम सन्तुलन गर्न हिटर वा कुलरको प्रयोग निकै लाभदायक हुनसक्छ । तर, एयर ब्यागलाई नोक्सानी पुग्नेगरी सिट कभर लगाउनु हुँदैन ।

पोर्टेबल फ्रिज 


यदि तपाईंको कार लामो छ भने, कारमा पोर्टेबल फ्रिज लगाउन सकिन्छ । आपूलाई मनपर्ने ड्रिङ्स, जुस, फलपूmल राख्न सकिने छ । यसले कारलाई निकै लग्जरी देखाउने छ ।

३६० डिग्री क्यामरा



फिचर सुविधाअन्तर्गत गाडीमा ३६० डिग्रीको क्यामरा लगाउन सकिन्छ । करिब ३० हजार रुपैयाँ खर्च गरे साधारण कारमा समेत अत्याधुनिक कारको विशेषता लगाउन सकिन्छ । विशेषतः लक्जरियस कारमा भएका विशेषता सामान्य भैसकेका छन् । यसले कार पार्किङको समयमा निकै सहायता पुर्याउने गर्छ ।

हेड्स अफ डिस्प्ले



विशेषतः यो प्रविधिको प्रयोग फाइटर जेट प्लेनका पाइलेटले गर्ने गरेको पाइन्छ । ताकि, आफ्नो सामुन्नेबाट नजर नहटाई विन्डस्क्रिनमा केन्द्रित गर्न सकियोस् । मात्रै दुई हजार खर्चमा यो प्रविधिलाई आफ्नो गाडीमा लगाउन सकिन्छ । यसले, सडकमा केन्द्रित हुन मद्दत पुर्याउनुकासाथै कारको स्पीडलाई कायम राख्न सहायता पुर्याउँछ ।

सिट मसाजर 



महंगा लक्जरियस, प्रिमियम, स्पोर्टी कारमा समावेश गरिने अर्को विशेषता हो, सिट मसाजर । तर, यो प्रविधिलाई दुई हजारदेखि पाँच हजार खर्च गरी सामान्य कारमा लगाउन सकिनेछ । लक्जरियस कार बनाउन लागि यो विशेषता निकै राम्रो आइडिया हो । तर, सिट मसाजर जडान गर्नका लागि इलेक्ट्रीक सकेटको आवश्यकता पर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.