add

किन गराइयो गोकुल बाँस्कोटाको घरमा विष्फोट






ActPro Nepal

|

२८ फागुन, २०७६

|
978

काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । 

बिहान पौने ८ बजेतिर भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा ठूलो आवाजसहित बम विस्फोट भएको हो । विस्फोटका कारण बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि क्षति पुगेको छ। विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन् ।

विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि प्रहरीले ‘प्रतिबन्धित समूह’ले गराएको हुन सक्ने अुनमान गरेर अप्रत्यक्ष रूपमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई संकेत गरेको छ ।

विस्फोटपछि अहिले स्थानीय त्रसित भएका छन्। 

आतंककारी गतिविधि सम्बन्धमा अध्ययन गरेका प्रहरी अधिकारीहरु भन्छन्– यो विष्फोट विप्लव समूहले नै गराएको हो ।

उनीहरुका अनुसार विप्लव समूहले गर्ने विष्फोटको मुख्य दुई उद्देश्य देखिन्छ । पहिलो हो– पैसा असुल्ने, दोस्रो हो– प्रचार गर्ने ।

प्रचारात्मक बम विष्फोटबाट पनि आतंक सिर्जना गरेर पैसा असुल्नु नै विप्लव समूहको उद्देश्य रहने गरेको प्रहरीहरु बताउँछन् । गोकुल बाँस्कोटाको घरमा विष्फोटको उद्देश्य प्रचार र वाहवाही पाउनु नै रहेको प्रहरी अधिकारीहरुको निष्कर्ष छ । केही समय अघि एउटा अडियो प्रकरण सार्वजनिक भएपछि गोकुलले सञ्चार मन्त्री पदबाट राजीनामा दिएका थिए । कुनै दम नभएकाले सो प्रकरण फासफुस भएपछि गोकुलले राजनीतिमा पुन दह्रो पुनरागमन गर्न सक्ने संकेत देखिँदैथ्यो । त्यसकारण पनि उनको घरलाई निसाना बनाइएको हुनसक्ने आकलन गरिएको छ ।

गोकुलको राजनीतिमा पुनरागमन नहोस् भन्नेहरुबाट विप्लव समूह प्रेरित भएको अ‌ाशंका गर्न सकिने ठाउँ पनि देखिएको छ ।

‘कम्युनिष्ट आवरणका आततायीहरुले सस्तो लोकप्रियता हासिल हुने खालका हर्कत् गर्छन्, विगतमा प्रचण्ड–बाबुरामको माओवादीले पनि त्यसै गर्थ्यो । त्यसैको निरन्तरता हो यो’– राजनीतिशास्त्रका अध्यापक नरसिंह कार्की भन्छन् । 

बाँस्कोटाको घरमा भएको विष्फोटको जिम्मेवारी विप्लव नेकपाले लियो, सार्वजनिक गर्यो यस्तो पर्चा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.