add

आफ्ना प्रिभिलेज मेम्बरलाई बालाजु अटो वर्कसद्वारा सम्मान






ActPro Nepal

|

६ फागुन, २०७६

|
922

काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्निग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले आफ्ना ग्राहकको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप (विशेष सदस्यता) प्रदान गर्दै आएको छ ।

यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजना अन्तर्गत वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रूपमा सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङ प्रालि सम्मानित भएको छ ।

बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राका ग्राहक सेवा प्रबन्धक तपस पटनायकले तथा आफ्ना सदस्यलाई सम्मान तथा उपहार वितरण गरेको थिए । आगामी दिनमा पनि यस्ता योजना ल्याउन बालाजु अटो अग्रसर रहिरहने प्रबन्ध निर्देशक शर्माले बताए ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वर्कस्  प्रालिरहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.