add

लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर






ActPro Nepal

|

१० माघ, २०७६

|
916

मेकअपको प्रयोग गर्दा लिपस्टिकको भूमिका महत्त्वपूर्ण नै हुन्छ । अधिकांश महिलाहरूले प्रयोग गर्ने लिपस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा जानकारी भने हुँदैन ।

लिपस्टिक लगाउने बानीले गर्दा त्यसमा भएका केमिकलहरू मुखमा प्रवेश गरेर पेटसम्म पुग्ने खतरा हुन्छ । लिपस्टिक धेरै समयसम्म लगाएर बस्दा ओठको प्राकृतिक ओस सोछेर ओठ फुट्ने तथा ओठ कालो हुने समस्या सुरु हुन थाल्छ ।

केही समय अगाडि अमेरीकामा एक अध्यननले लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको पत्ता लगाएका छन् । लिपस्टिकमा एक हानिकारक प्रकारको सीसाको प्रयोग गरिएको हुन्छ । सिसा शरीरमा प्रवेश गर्दा मानवीय स्वास्थ्यका दृष्टिकोणले धेरै हानि गर्न स्कÞकने पाइएको छ ।

अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले नाम चलेका २२ वटा ब्रान्डको लिपस्टिकको अध्ययन गरेका थिए । जसमध्ये ५५ प्रतिशतमा सिसाका साथ साथै लिड जस्तो हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.