add

रविलाई एक करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश






ActPro Nepal

|

१३ माघ, २०८१

|
49

काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार रुपन्देही जिल्ला अदालतका प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा उनी विरुद्ध रुपन्देहीमा ठगीको मुद्दा परेको थियो ।

लामिछानेलाई यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौंमा उनी विरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन र संगठित अपराधको आरोपमा मुद्दा दायर भएको थियो ।

त्यसअघि पुस २५ गते उनी कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । कास्कीमा लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दायर भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.