add

स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ






ActPro Nepal

|

३ चैत, २०७९

|
396

महोत्तरी । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा आज प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवक पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी भिट्टामोडलाई शङ्का लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले नौ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.