add

प्रहरीका १७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस(सुचिसहित)






ActPro Nepal

|

९ असार, २०७९

|
960

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिश गरिएको छ।

गृह मन्त्रालयको बढुवा सिफारिश समितिको बैठकले उनीहरूलाई डीआईजीमा बढुवाका लागि सिफारिश गरेको हो। बढुवा सिफारिशको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन्।

त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवाका लागि सिफारिश गरिएको छ।

यसैगरी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजीमा बढुवाका लागि सिफारिश भएका छन्।

नयाँ इतिहास

बढुवा समितिको बैठक चार जना महिलालाई एकैपटक एसएसपीबाट डीआईजी बढुवामा सिफारिस गरेसँगै नयाँ इतिहास बनेको छ ।

०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका हुन् ।

उनीहरू चारैजनाको आईजीपी बन्ने सम्भावना कायम छ । प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् ।

यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी सिफारिस भएसँगै प्रहरीमा नयाँ इतिहास बनेको हो । अहिले पूजा सिंह अहिले एआईजी छन् भने प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.