add

कैलालीका एसपी अधिकारी सहित ९ प्रहरी पुरस्कृत






ActPro Nepal

|

५ साउन, २०७८

|
1355

कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन । 

जिल्लाको टिकापुर नगरपालिका ३ बर्षीय बालक बिवेक बिष्टको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट उनी पुरस्कृत भएका हुन।

घटनाको सफल अनुसन्धान गर्नुका साथै आफुलाई तोकिएको जिम्मेवारी ईमान्दारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको कामको उत्कृष्ट मुल्यांकन गरी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेलले उनलाई नगदसहित पुरस्कृत गरेका हुन ।

साथै सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख विश्व अधिकारीले प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रसनि अनिल शाह, प्रसनि कृष्ण मल्ल, प्रह गणेशबहादुर सेठ्ठी, प्रहरी जवान जयराम चुनारा, प्रहरी जवान शिशिर शर्मा, प्रहरी जवान नन्दराज भट्टलाई पुरस्कृत गरेका छन् ।

कार्यक्रमममा प्रदेश प्रहरी प्रमुख कँडेलले पुरस्कृत हुने सम्पूर्ण कर्मचारीहरूलाई यस प्रकारको लगनशीलता, क्रियाशीलता र सफलताले सङ्गठनको गरिमा उच्च हुनाका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत अभिप्रेरित गर्ने भएकाले आगामी दिनहरुमा समेत उच्च मनोवलका साथ सङ्गठनको उद्देश्य प्राप्तीमा सक्रिय हुन निर्देशन दिए ।

उक्त कार्यक्रममा तालुक प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दससहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.