बारा । आज विहिबारदेखि सुरू भएको माध्यमिक शिक्षा ९एसइई० परीक्षामा बाराका ९ हजार ६ सय ८६ जना विध्यार्थीहरु सहभागी भएका छन् । जसमा छात्रतर्फ ४ हजार ७ सय ९२ जना छन् भने छात्रातर्फ ४ हजार ८ सय ९४ जना रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बारका प्रमुख निम प्रकाश सिह राठौरले बताए।
प्रमुख राठौरका अनुसार जिल्लामा सामुदायिक तर्फ एक सय, संस्थागत तर्फ ५१ वटा र खुलातर्फ एक गरी जम्मा १ सय ५२ वटा विद्यालयका विद्यार्थीहरु परिक्षामा सम्मिलित रहेका छन् ।
परिक्षामा सहभागी हुनेहरुमा साधारण नियमिततर्फ ८ हजार एक सय ३३ जना, साधरण ग्रेडबृद्धितर्फ ९ सय ७५ जना, प्राविधिकको नियमिततर्फ ३ सय ७६ जना, प्राविधिकको ग्रेडबृद्धितर्फ ८७ जना र आर्थिक वर्ष २०७८र०७९ को ग्रेडबृद्धि तर्फ १ सय १५ जना सहभागी भएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।