add

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान






ActPro Nepal

|

३० भदौ, २०७९

|
561

काठमाडौं ।  काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।

सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो । यस्तै उत्कृष्ट शिक्षकलाई रु पाँच हजार नगद पुरस्कार, प्रमाणपत्र र खादा तथा विद्यालयलाई प्रमाणपत्र तथा खादाद्वारा सम्मान गरिएको हो।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले टोखाभित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए। ‘टोखाभित्रका विद्यालयले देशभरका अरू विद्यालयभन्दा उत्कृष्ट नतिजा प्रदान गर्न सकोस्,’ उनले भने। नगरप्रमुख अधिकारीले सीमित स्रोत र साधनबीच नपाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए। 

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले नगरपालिकाभित्रका विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सम्मान तथा पुरस्कार कार्यक्रम गरिएको बताए। उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा नगरप्रमुख अधिकारीसँगै शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेल, नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सम्मान प्राप्त विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। 

सोही नगरपालिकाले आजै ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वडास्तरीय वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा ११ वडा रहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.