त्रिवि सेवा आयोगका प्रा.डा. टेकनाथ ढकालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले प्रा.डा. ढकालसहित सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

उनिहरुलाई  २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोप लागेको छ । 

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको हो ।

सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो ।

उक्त परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमासमेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको भन्दै उजुरी परेको थियो ।

उजुरी पश्चात छानविन गर्ने क्रममा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने पाइएको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।