add

भोलिबाट मात्रै विद्यालय बन्द हुने, विश्वविद्यालयका परीक्षा नरोकिने






ActPro Nepal

|

२६ पुष, २०७८

|
1025

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आधारभूत र माध्यमिक विद्यालय तह बन्द गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माका अनुसार वार्षिक विदामा मिलान गर्नेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

विदाको समयमा १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा गएर खोप लगाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्वनिर्धारित सेमेष्टर र बार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्णरूपमा पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गरी प्रबन्ध गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।’ 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.