add

कक्षा ११ को रजिस्ट्रेसन र १२ को परीक्षा आवेदन फारम खुल्यो






ActPro Nepal

|

७ मंसिर, २०७८

|
905

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ।

शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले रजिस्ट्रेसन फारम खोल्नुका साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम खुला गरेको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी पुस २१ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्न र आगामी माघ ७ गतेभित्र सम्बन्धित विद्यालयले बंैक भौचर सहित बोर्डको कायर्मलयमा बुझाउन निर्देशन दिइएको बताए।

बोर्डले नयाँ पाठ्यक्रम अनुसार एक समूहबाट एक विषय मात्र रोजेर कक्षा ११ को रजिस्ट्रेसन फारम भरी प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेडसिटको प्रतिलिपि पनि फारमसँगै संलग्न गरेर पठाउन सूचित गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.