add

नेपालीले अस्ट्रेलियामा खोलेको कलेजले तास्मानियामा पनि पायो अनुमति






ActPro Nepal

|

४ भदौ, २०७८

|
818

अष्ट्रेलिया । नेपाली लगानीकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राविधिक कलेज ‘इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन’ ले अस्ट्रेलिया तास्मानियाको होबार्टमा पनि नयाँ कलेज सञ्चालनको अनुमति पाएको छ । नयाँ कलेजको नाम ‘आइआइइ तास्मानिया क्याम्पस’ रहने कलेजका संस्थापक सिइओ सागर लोहनीले जानकारी दिए ।

तास्मानियाको नियमअनुसार प्राविधिक विषय एक वर्ष पढेपछि विद्यार्थीलाई भिषाको लागि अझ सहज हुने भएकाले पनि नयाँ प्राविधिक कलेजमा विद्यार्थीको आकर्षण रहने लोहनीले बताए । उक्त नयाँ कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट, आइ टि, लिडरसिप एण्ड म्यानेजमेन्टमा एड्भान्स डिप्लोमा साथै सामाजिक सेवा, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा र म्यानेजमेन्टमा ग्र्याजुएट डिप्लोमा पढाइ हुने आइआइइ तास्मानिया क्याम्पस प्रमुख वसन्त घिमिरेले जानकारी दिए ।

साबिकको कलेजमा ४ सय २० र नयाँमा ३ सय ५० गरि अब आइ आइ इ ७ सय ७० विद्यार्थी क्षमतामा सञ्चालनमा आउनेछ । कलेजमा प्राविधिक  र व्यावसायिक सीपसम्बन्धी कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा रोजगार मुलक हुने लोहनीको दाबी छ । अधिकांश विद्यार्थीको काम र पढाइबीच सामाजस्य नभएको सन्दर्भमा यस खाले प्राविधिक विषय स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसखाले कोर्स सुरु गरिएको लोहनीले बताए ।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ । प्राविधिक र व्यावसायिक सीप भएका व्यक्तिलाई सहज हुने हुँदा कलेजप्रति विद्यार्थीको आकर्षण रहने लोहोनीको भनाइ छ । गत वर्ष न्यू साउथ वेल्समा सुरु भएको आइआइइका विद्यार्थीले साउदर्न क्रस युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर पाउने सुविधा समेत रहेको बताइएको छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.