आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष ०३ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्थी,२६ घडी २० पला,बेलुकी ०५ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र–श्रवण,३९ घडी १२ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त धनिष्ठा । योग–व्याघात,२७ घडी ४० पला,बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त हर्षण । करण– भद्रा,बेलुकी ०५ बजेर २२ मिनेट उप्रान्त बव,रातको ०५ बजेर १६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २५ घडी ५० पला । अष्टर्राष्ट्रिय आप्रवासी दिवस ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईंको कामको उच्च मुल्याङन हुनेछ । बिद्यार्थी वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । व्यापार व्यावसायबाट आम्दानी हुने हुनाले थप लगानि गर्न आट आउनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईंको काम समयमा सम्पन्न नगरिदिदा महत्वपूर्ण कामहरु थाति रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तव्यमा पुग्नको लागी बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना थाती रहेका कामहरु समयमा नै सकाएर आर्थिक अवस्था मजभुत बनाउन सकिनेछ । आफन्त तथा दिदि बहिनीको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । भौतिक वस्तुको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने योग रहेकोछ । बोलिकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) एकल तथा साझेदारी व्यावसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक कारोबारले गती लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेकोछ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । ऋण,रोगबाट मुक्ति मिल्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा मन जाने तथा श्रमको उचित मुल्याङकन हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात नलाग्ने हुँदा मन चिन्तित रहनेछ । आर्थिक रुपमा सवल हुन चालिएका कदमहरुबाट भनेजस्तो नतिजा नआउने हुनाले काम गर्न मन लाग्ने छैन । सन्तान,छोराछोरि तथा आफन्तले तपाईको कामको खासै समर्थन गर्ने छैनन् । माया प्रेममा चिसोपनको बिकास हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्ने योग रहेकोछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर जग्गा तथा सवारी साधनको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय खर्चिनेहरुले पनि राम्रो रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन तथा अध्यापनमामा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । आमा वा आमा सरहका मानिसबाट तपाईंको काममा सहयोग तथा समर्थन रहनेछ भने समाजसेवामा जनताको भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानी कम हुनेछ भने कुटुम्बसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबुझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखी रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइ र आफन्तबाट सहयोग जुटाई राम्रा काम गर्न सकिनेछ । अग्रजहरुको सहयोग पाईने हुनाले उत्साहमा बृद्धी हुनेछ । उद्योगधन्दा र बन्द व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्धीहरु परास्त हुनेछन् न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा,सम्मान र सहयोग प्राप्त हुनेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा प्रसश्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडी छोड्न सकिनेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
Comment