भारतीयको कुटाइबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । 

वडा नम्बर ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा वस्तुले बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो।

मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोगस्वरूप तत्काल ५१ हजारको चेक हस्तान्तरण गरिन्। श्रीमान्‌को मृत्यु भएपछि घरपरिवारलाई गुजारा गर्न समस्या भइरहेको अवस्थामा नगरपालिकाले आर्थिक सहयोग गरेको बताइएको छ।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।