मौसम पूूर्वानुुमान : हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण पूर्वी अरेबियन सागरबाट प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेको छ। 

अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली छ भने हिमाली भू-भागमा हिमपातको सम्भावना छ।

विभागका अनुसार सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

मंसिर २८ गते (आईतबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

राती:  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

मंसिर २९ गते (सोमबार)

दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षा संगै हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आई चिसो बढ्नुको साथै  तराईका अधिकांश  भु-भागहरुमा  बिहानीपख  वायुको  पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु  हुन सबैमा अनुरोध छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।