युभेन्ट्सको जीतमा रोनाल्डोको कीर्तिमानी गोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस विजयी भएको छ ।

बुधबार राती भएको समूह जीको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३-० गोल अन्तरले हराएको हो ।

उक्त खेलको ५७ औं मिनेटमा गोल गर्दै क्रिष्टियानो रोनाल्डोले खेल जीवनको ७५० औँ गोल गरे । यो उनको फुटबल जीवनको क्लब र राष्ट्रिय टिमका लागि गरेका गोलमध्ये ७५० औं गोल हो । ​

युभेन्टसको जितका लागि खेलको पहिलो हाफको २१ औं मिनेटमा चिएसाले सुरुवाती अग्रता दिलाए । ५७ औं मिनेटमा रोनाल्डोले गोल गर्दा युभेन्टसले अग्रता दोब्बर पारेको थियो । खेलको ६६ औं मिनेटमा युभेन्टसका लागि थप अर्को गोल अल्भारो मोराटाले गर्दै युभेन्टसको शानदार जित निश्चित गरेका हुन् ।

यो जितसँगै युभेन्टस १२ अंकसहित समूहको दोस्रो स्थामा पुगेको छ । १५ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । दुवै टिमले अन्तिम १६ मा यसअघि नै स्थान बनाइसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।