अजाक्सलाई १-० ले पराजित गर्दै लिभरपुल अन्तिम १६ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्टिस जोन्सको निर्णायक गोलमा लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति भएको समूह डीको खेलमा अजाक्सलाई १–० ले पराजित गर्दै लिभरपुलले नकआउट चरणमा स्थान बनाएको हो।

नेको विलियम्सको पासमा १९ वर्षे मिडफिल्डर जोन्सले लिगमा पहिलो गोल गरेका हुन्।
समूह चरणकै अर्को खेलमा एटलान्टाले एफसी मिडेलान्डले १–१ को बराबरी गर्दै अकं बाँडेका छन्।

लिभरपुलले ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएकाे छ। बराबरी गरेको एटलान्टा ८ अंकका साथ दोस्रो, अजाक्स ७ अंकका साथ तेस्रो स्थानमा रहँदा मिडेलान्ड १ अंकसहित पुछारमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।