ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस हुनुभएका गुरुङलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आएका गुरुङको शव परीक्षणपछि आज आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।