थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको परीक्षणमा गर्दा थप १३०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३४ हजार ७५६ रहेको छ । थप २०७४ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १६ हजार ५ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५२९ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।