उदयपुरको कटारीमा कुटपिटबाट एक जना वृद्धकोको मृत्यु भएको छ ।
जिल्लाको कटारी नगरपालिका–१० राम्चेका ६६ वर्षीय बलबहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
सोमबार राति ९ बजेको समयमा स्थानीय ४४ वर्षीय केबलबहादुर सुनुवार र मृतकबीच सामान्य विवाद भई कुटपिटसमेत हुँदा बलबहादुर घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो ।
कुटपिट गर्ने केबल बहादुरलाई इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ
Comment