काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटमा चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनी आहिले सेल्फे आइसोलेशनमा छन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो ।
स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन् ।
Comment