मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर ११ गते (बिहिबार)
दिउँसो : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर १२ गते (शुक्रबार)

दिउँसो : बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदलि र बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदलि रही अन्य भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। । बाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १३ गते (शनिबार)
दिउँसो : पहाडी भु-भागका केहि स्थानमा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश नं १,बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।