सिन्धुपाल्चोकको दुर्गम गाउँमा स्वास्थ्यचौकी स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक। भोटेकोशी गाउँपालिका-१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँड्नुपर्ने अवस्था हटेको छ। गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच सहज भएको हो।

लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे।
अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा सोही स्वास्थ्यचौकीबाट पाउने भएका छन्।

सो एकाइ स्वास्थ्यचौकी संघीय सरकारको विशेष अनुदानबाट निर्माण भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।