काठमाडौं । नेपाल प्रहरीमा सरकारले एक अतिरिक्त महानिरिक्षक (एआईजी) थप्ने निर्णय गरेको छ।
सरकारले एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको हो ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले एक एआइजी र पाँच डीआईजी थप गर्ने निर्णय गरेको हो ।
दरबन्दी थप गरिएको एआईजी पदमा बढुवाका लागि डीआईजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र धीरजप्रताप सिंह प्रतिष्पर्धामा रहेका छन् ।
Comment