नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । 

बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २८.८९  अंकले बढेर १७०७.६७ विन्दुमा कायम भएको छ । 

यसदिन १९५ कम्पनीको ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १ समूहको परिसूचक ओरालो लागेका छन् ।  

बुधबार ६ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

दोस्रो बजारमा उछाल आउँदा पनि ५३ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने १०१ वटा कम्पनीको मूल्य बढेको छ। सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको खरिद बिक्री भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।