लोकसेवाद्वारा प्राविधिक तर्फ ३ सय पदमा विज्ञापन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन आह्वान गरेको छ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवातर्फ रिक्त सातौं र आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि बुधबार विज्ञापन आह्वान गरेको हो। ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवा प्रक्रियाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ।

स्वास्थ्य सेवातर्फका धेरै जसो कर्मचारी स्थानीय तहमा समायोजन भएर जाँद संघमा कर्मचारी अभाव हुन थालेको छ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।