काठमाडौं। मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।
मंगलबार दुबईमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि
जितेको थियो ।
दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले
१८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
मुम्बईको जितका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए । अर्का
ओपनर क्वीन्टन डिककले २०, सूर्य कुमार यादवले १९ र इशान किसनले ३३ रन बनाए ।
दिल्लीका लागि मार्कस स्टोनिस र कागिसो रबडाले १–१ विकेट लिए भने र इनिरच
नोर्त्जेले २ विकेट लिए ।
दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा
दिल्लीले टस जितेर ब्याटिङ रोजेको थियो । मुम्बईविरुद्ध ब्याटिङमा उत्रिएको
दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि
कप्तान श्रेयस अय्यरले सर्बाधिक ६५ रन बनाए भने रिषव पन्तले ५६ रनको योगदान
दिएका थिए ।
त्यस्तै शिखर धवन १५ रन बनाएर आउट भए भने
मार्कोस स्टोइनिस शुन्यमा, आजिख्य रहाने २ रन बनाएर आउट भएका थिए । त्यस्तै
शिमरन हेटमेयरले ५ रन बनाए भने अक्सर पटेलले ९ रनको योगदान दिए । मुम्बई
इण्डियन्सका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए भने नाथन क्ल्टर नीलले २
विकेट लिए । त्यस्तै जयन्त यादवले एक विकेट लिए । पहिलो पटक फाइनलमा पुगेको
दिल्ली उपाधि जितेर इतिहास रच्नबाट बञ्चित भएको छ ।
Comment