ललितपुर । महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित छ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ वर्षीय सुनिल गोले, २४ वर्षीय प्रकाश तामाङ, भोजपुरका ४१ वर्षीय सनकुमार राई, खोटाङका १८ वर्षीय सोनाम राई, ताप्लेजुङका ३४ वर्षीय दीपक लिम्बु र सिन्धुलीका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन्।
महालक्ष्मी नगरपालिका–४ स्थित दीपक लिम्बुको कोठाबाट अन्दाजी तीन फिट तीन इन्च लम्बाइ र एक फिट चौडाइ भएको दुर्लभ रेडपान्डाको छालासहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
Comment