नुवाकोटमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार शनिवार २० पुरुष र ८ महिलामा कोेरोना संक्रमण देखिएको हो ।

जसमा विदुर नगरपालिकामा २४ जनामध्ये ७ महिला र १७ जना पुरुष रहेका छन् । त्यस्तै बेलकोटगढी नगरपालिका, किस्पाड गाउँपालिका, सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाका समान एक जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय १८पुगेको छ जसमध्ये ४ सय २० पुरुष र एकसय ७८ महिला रहेका छन् । पछिल्लो २४ थप ७ जना संक्रमण मुक्त भएका छन् । यो सहित हालसम्म २७८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रिय संक्रमितको संख्या ३२८ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।