लहानकाे कवाडी गोदाममा आगलागी, करिब २५ लाखकाे क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा। सिरहाको लहान नगरपालिका-३ स्थित एक कवाडी गोदाममा बिहीबार आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ।

लहान-३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्तरूपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र  नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।