यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको छ। प्रतिनिधिमण्डलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीको सचिवालयका सदस्य, विभिन्न मन्त्रालयका सचिव तथा उच्च सरकारी अधिकारी सहभागी छन्।

भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि सहभागी छन्।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ पनि प्रतिनिधिमण्डलमा छन्।

प्रतिनिधिमण्डलमा अर्थ, परराष्ट्र, ऊर्जा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विभिन्न तहका अधिकारीहरूका साथै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसमेत सहभागी छन्।

भ्रमण टोलीमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका निजी सचिवालयका कर्मचारी, सञ्चार व्यवस्थापनमा संलग्न अधिकारी, सुरक्षा अधिकृत तथा सैनिक सहयोगीहरू पनि रहेका छन्।

त्यस्तै, सञ्चारमाध्यमको प्रतिनिधित्व गर्दै गोरखापत्रकी संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोक कुमार बस्नेत पनि भ्रमण टोलीमा सहभागी छन्।

प्रतिनिधिमण्डलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसमेत रहेका छन्।

भारत भ्रमणमा सहभागी ३५ सदस्यीय प्रतिनिधिमण्डलको नामावली:

१. बालेन्द्र शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार — प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह — प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र — प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की — मुख्यसचिव
८. अमृतबहादुर राई — परराष्ट्र मन्त्रालयका सचिव
९. रुद्रसिंह तामाङ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
१०. सुभाष शर्मा — प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब — लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
१२. जगदीश्वर पाण्डे — परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार — प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी — परराष्ट्र मन्त्रालयका सहसचिव
१५. कुमारराज खरेल — शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री — परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव
१७. अमृत लाम्साल — अर्थ मन्त्रालयका सहसचिव
१८. सुभाष ढकाल — सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
१९. सुनील पौडेल — ऊर्जा मन्त्रालयका सहसचिव
२०. दीपा दाहाल — प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल — परराष्ट्र मन्त्रालयकी उपसचिव
२२. विजय राज तण्डुकार — परराष्ट्र मन्त्रालयका उपसचिव
२३. लोचन पौडेल — परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला — शिष्टाचार अधिकृत
२५. मनोज गैरे — परराष्ट्र मन्त्रालयका शाखा अधिकृत
२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट — प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
२७. मेजर सुशील बानियाँ — प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. डीएसपी दीपेश बस्याल — प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य — प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०. तारा हमाल ढुंगाना — गोरखापत्रकी संवाददाता
३१. कमल कुमार बस्नेत — राससका संवाददाता
३२. अशोक कुमार बस्नेत — नेपाल टेलिभिजनका भिडियोग्राफर
३३. प्रेमराज गौतम — परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
३४. मेजर रोशन केसी — प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
३५. मुकेश डंगोल — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।