ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पहिलो पटक एकै ठाउँमा बसेर बैठक गर्ने भएका छन्।

चीनको सेन्जेनमा भइरहेको एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन नेताबीच त्रिपक्षीय बैठक हुन लागेको हो।

बैठकमा इरान युद्ध, युक्रेन युद्धसहित पाँचवटा महत्त्वपूर्ण विषयमा छलफल हुने बताइएको छ। यसअघि बुधबार तीनै नेता एपेक शिखर सम्मेलनको स्वागत रात्रिभोजमा पनि एकसाथ देखिएका थिए।

उक्त बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग तुलना गरिएको छ। करिब ८० वर्षअघि अमेरिकाका राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट, बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन क्रिमियाको याल्टामा भेटेका थिए।

त्यसबेला दोस्रो विश्वयुद्धपछि युरोपको व्यवस्था र जर्मनीको भविष्यबारे महत्त्वपूर्ण निर्णय गरिएको थियो।

अहिले पहिलो पटक विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका वर्तमान राष्ट्रप्रमुख एकैसाथ बैठकमा बस्न लागेको दाबी गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।