संवाद र सहमतिबाट समस्या समाधान गर्न प्रधानमन्त्रीलाई पत्रकार महासंघको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कानुन निर्माण तथा असंबैधानिक हस्तक्षेपका प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवाद, वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले प्रधानमन्त्री बालेन शाह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई सम्बोधन गर्दै ध्यानाकर्षण पत्र पठाएको हो । पत्रमा महासंघले देशका करिब १० हजार श्रमजीवी पत्रकारहरूको साझा पेशागत संगठनका रूपमा स्थापनाकालदेखिका विगत ७१ वर्षदेखि लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र श्रम अधिकारका लागि निरन्तर प्रयास गर्दै आएको उल्लेख गरेको छ ।

कानुन र हस्तक्षेपप्रति चिन्ता सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कानुन बनाउने, नागरिक हक खुम्च्याउने र असंबैधानिक तवरबाट हस्तक्षेप गर्ने कार्य गरिरहेकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ ।

आमसञ्चार क्षेत्रका समस्या समाधानका लागि विभागीय मन्त्रीलाई बारम्बार लिखित र मौखिक अनुरोध गर्दा पनि सरकारका तर्फबाट वार्ता, संवाद र सहमतिको पहल हुन नसक्नु दुःखद् पक्ष भएको महासंघले जनाएको छ ।

संविधानमा सुनिश्चित अधिकार अतिक्रमण गर्दै समाचार स्रोत खोज्ने नाममा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको पक्राउ र धरपकडको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही नभएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।