कर दिवसमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्था सम्मानित, कुन क्षेत्रमा को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र तथा विधामा उत्कृष्ट करदाता व्यक्ति र संस्थालाई सम्मान गरेको हो ।

विभागले निकाय, उद्योग, बैंकिङ, बीमा, पर्यटन, ऊर्जा, निर्यात तथा व्यक्तिगत करदातालगायत विभिन्न विधामा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको जनाएको छ ।

सम्मानित व्यक्ति तथा संस्थाहरूको सूची :

  • निकायहरूमध्ये: सूर्य नेपाल
  • एकलौटी फर्महरूमध्ये: थर्ड आइ इन्टरनेसनल
  • वस्तु निर्याततर्फ: डाबर नेपाल
  • आईटी सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल
  • कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड
  • बैंकिङ कारोबारतर्फ: नबिल बैंक
  • स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
  • पर्यटन व्यवसायतर्फ: सोल्टी होटल
  • वस्तु व्यापारतर्फ: सीजी इम्पेक्स
  • वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने संस्थातर्फ: फुड एन्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि
  • ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी
  • व्यक्तिगत रूपमा सबैभन्दा बढी कर तिर्ने: राजबहादुर साह
  • रेमिट्यान्स कारोबारतर्फ: आईएमई लिमिटेड
  • २०७७ देखि २०८३ सम्म मूल्य अभिवृद्धि कर (मूअकर) विवरण तथा कर समयमै बुझाउने संस्थातर्फ: हिमालयन डिस्टिलरी
  • विशेष उद्योगतर्फ: बरुण बेभरेज नेपाल
  • जीवन बीमा क्षेत्रतर्फ: एलआईसी नेपाल
  • निर्जीवन बीमा क्षेत्रतर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
  • लघुवित्त क्षेत्रतर्फ: छिमेक लघुवित्त

त्यस्तै, प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिकता तथा उद्यमशीलता प्रदर्शन गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पुर्‍याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई पनि सम्मान गरिएको छ ।

कर दिवसका अवसरमा प्रदान गरिएको सम्मानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने करदाताको भूमिका उजागर गर्नुका साथै कर अनुपालन र राजस्व योगदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।