झिनो अंकले घट्यो नेप्से, १ अर्ब ७५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।  बुधबार नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा कायम भएको छ ।

यसदिन २०१ कम्पनीको १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ रुपैयाँ बराबरको कारोबार भएको छ । ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २५.३१ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ८८.६८ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै ९ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली पावर र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।