अमेरिकन डलरको भाउ लगातार दोस्रो दिन स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ३० गते सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार आज लगातार दोस्रो दिन अमेरिकन डलरको भाउ स्थिर बसेको छ। आज पनि हिजो आइतबारजस्तै अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ।

यस्तै चाइनिज युआन, साउदी रियाल, मलेसियन रिंगेट, कुवेती दिनार, हङकङ र ओमानी रियालको विनिमयदर पनि स्थिर अर्थात् आइतबारकै कायम छ।

युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्रांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र स्विडिस क्रोनरको मूल्य भने आइतबारभन्दा सोमबार घटेको छ।

जापानिज येन, कतारी रियाल र बहराइन दिनारको भाउ भने हिजोभन्दा आज बढेको छ।

आज थाई भाट यूएई दिराम र यूएई दिरामको भने खरिददर घटाइएको छ तर बिक्रीदर स्थिर राखिएको छ।

अनि साउथ कोरियन वनको खरिददर बढ्दा बिक्रीदर स्थिर छ।

हेर्नुहोस् विनिमयदर सूची

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।