वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन् : ‘महासंघको निर्वाचनमा सहमतिको प्रयास जारी राखौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघमा सहमतिको प्रयास जारी रहेको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत महासंघको निर्वाचनमा सहमतिको प्रयास जारी रहेको बताएका हुन्।

“प्रजातान्त्रिक अभ्यासमा चुनाव नै सर्वोत्तम तरिका हो,” भावी अध्यक्षसमेत रहेका उनले लेखेका छन्, “तर, अहिलेको विषम परिस्थितिमा महासंघमा कुनै सहमति भएमा यो सम्पूर्ण निजी क्षेत्रको लागि सुखद् हुने थियो।”

उनले सहमतिको प्रयास जारी राख्न सबैमा अनुरोधसमेत गरेका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि दुई समूहबीच प्रतिस्पर्धा चलिरहेको छ। महासंघकै उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।

आगामी मंसिर १३ गते हुने चुनावमा गोल्छाले प्रधान समूहलाई साथ दिएका छन्।

हाल महासंघको वरिष्ठ उपाध्यक्ष रहेका उनी यही मंसिर ११ र १२ गते हुने ५४औं वार्षिक साधारणसभाबाट स्वतः महासंघको अध्यक्ष बन्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।