
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बराबरको कुल लाभांश दिने प्रस्ताव गरेको हो।
लघुवित्तले ११.९६३१ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत १३.०३६९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ । संस्थाले ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर दिने भएको हो । बोनस सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनसहित ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांशका वितरण गर्जे प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।




Comment