काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै केसीलाई आईजीपी बनाइएको बताए ।
यससँगै वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ ।




Comment