होटलमा बसेर ‘ब्राउन सुगर’ बेचिरहेको आरोप, काठमाडौँबाट पक्राउ परे महिला र पुरुष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ब्राउन सुगर कारोबार गरेको आरोपमा सशस्त्र प्रहरीले काठमाडौंमा एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसबाट गएराति उनीहरूलाई पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले गेस्टहाउसको कोठा नम्बर ६ बाट पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भएका ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राईलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, दुई थान मोबाइल फोन र ४ हजार ५५० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता थापाले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।