‘हेरिटेज रन’ काठमाडौंको संस्कृति र सम्पदासँग जोडिने अवसर हो : सुनिता डंगोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ केवल दौड प्रतियोगिता मात्र नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर भएको बताएकी छन्।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रम अघि बढाइरहेको स्पष्ट पारिन्।

उनले काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले सहरको मौलिक पहिचान झल्काउने उल्लेख गर्दै हेरिटेज रनले ती पक्षसँग नागरिकलाई जोड्ने बताइन्।

‘हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,’ डंगोलले भनिन्।

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै नागरिकमा सम्पदाप्रतिको अपनत्व बढाउनु आवश्यक रहेको उनको भनाइ थियो।

महानगरपालिकाले संस्कृति र सम्पदाको संरक्षणसँगै तिनलाई नागरिकको दैनिक जीवनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। हेरिटेज रनलाई पनि काठमाडौंको मौलिक पहिचान, सांस्कृतिक विविधता र सम्पदाबारे जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।