एमसीसी अन्तर्गत ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण तीव्र गतिमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । न्यू बुटवल ४०० केभी सबस्टेसनको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी कम्प्याक्ट परियोजनाले नेपालको राष्ट्रिय ग्रिडलाई सुदृढ बनाउन कुल ३१५ किलोमिटर लामो ४०० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गर्दैछ ।

सबस्टेसन निर्माणअन्तर्गत ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडान गर्ने जग निर्माण लगायतका मुख्य भौतिक संरचनाको काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि यो सबस्टेसन ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको अन्तिम विन्दुका रूपमा रहनेछ ।

अब यस प्रसारण लाइनमा विद्युत् प्रवाह गर्नुअघि नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक प्रक्रियागत स्वीकृति र प्राविधिक कामहरू अगाडि बढाइनेछ ।

कुल ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन, तीनवटा अत्याधुनिक सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई संस्थागत तथा प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् ।

नुवाकोटको रातमाटे ४०० केभी सबस्टेसन र तनहुँको नयाँ दमौली ४०० केभी सबस्टेसनमा पनि स्वीकृत कार्यतालिकाअनुसार निर्माण कार्यहरू भइरहेका छन् । नेपालमा विद्युत् आपूर्तिलाई थप भरपर्दो र नियमित बनाउनुका साथै ऊर्जा सुरक्षा, भावी विद्युत् उत्पादनको व्यवस्थापन र भारतसहित यस क्षेत्रका अन्य मुलुकहरूसँग जलविद्युत् व्यापार गर्ने नेपालको क्षमतामा उल्लेख्य वृद्धि गर्ने मुख्य उद्देश्यले यो पूर्वाधार विकास अघि बढाइएको हो ।

यसै क्रममा न्यू बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्मको १८ किमि प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म जोड्ने १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भइसकेको हो । आर्थिक वर्ष २०८०/८१ को भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा आएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।