यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने फलफुलहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाको भाइरसको महामारी फैलिरहेको अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता वृद्धि गर्नु अत्यन्त आवश्यक हुन्छ ।

रोग
प्रतिरोधक क्षमता बढाउनको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो
अवस्थामा रोग प्रतिरोधक क्षमता बढाउने फलफुल धेरै खानुपर्दछ ।

यी हुन् रोग प्रतिरोधक क्षमता बढाउने फलफुलहरुः

सुन्तला

सुन्तला
रोग प्रतिरोधक क्षमता वृद्धि गर्ने फल हो । यसमा हुने क्याल्सियम र
भिटामिन सी ले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई वृद्धि गर्छ । यसका
साथै कोलेस्ट्रोलको मात्रा कम गर्नमा पनि महत्वपुर्ण काम गर्छ ।

अनार
अनार
हामीमध्ये सायद कमै मान्छेलाई मन पर्दैन् । मिठो हुनुका साथै रक्तचापका
विरामी तथा मुटु सम्बन्धी समस्या भएका मानिसहरुको लागि फलदायी हुनुका साथै
क्यान्सरबाट पनि बचाउँछ ।

अम्बा
अम्बामा पाईने भिटामिन
सी, एन्टी अक्सीडेट्स र फाइबरले ब्लड सुगरलाई नियन्त्रण गर्दछ । जसको कारण
रोग प्रतिरोधक क्षमतामा पनि वृद्धि हुन्छ ।

मौसम
कागती
प्रजातिमा पर्ने मौसमले पनि हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई वृद्धि
गर्नमा महत्वपुर्ण काम गर्छ । यसमा रहने भिटामिन सी ले हाम्रो रगतलाई सफा
बनाउने काम गर्छ । -एजेन्सीको सहयोगमा

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।