कांग्रेसको ४३ जिल्लाका ३३९६ वडामा अधिवेशन सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले आज (असोज ३ गते) देशका ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनसँगै ती वडामा नेतृत्व चयनका लागि निर्वाचनसमेत सम्पन्न भएको कांग्रेसले जनाएको छ।

कांग्रेसका सदस्य–सचिव राजु कटुवालले आज जारी गरेको प्रेस विज्ञप्तिमा वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको उल्लेख गरिएको छ।

निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली गरी ४३ जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको हो।

वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्दैछ। सोही महाधिवेशनअन्तर्गत पार्टीले वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाएको हो।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा असोज ४ गते (आइतबार) वडा अधिवेशन जारी रहने कांग्रेसले जनाएको छ।

कांग्रेसले वडा अधिवेशन प्रक्रिया पार्टीको निर्धारित निर्वाचन कार्यक्रमअनुसार अघि बढिरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।