रवि लामिछानेले बोलाए शीर्ष नेतृत्वसहितको सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भोलि (बुधबार) सर्वदलीय बैठक बोलाएका छन्।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको रास्वपाले जनाएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने रास्वपाको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।