मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । उद्योगी व्यवसायीहरुको जेठो संस्था मोरङ उद्योग व्यापार संघको ३५ औं कार्यसमितिको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् । साह यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

संघले ७५ औ वर्ष गाँठ मनाउँदा मधेशी समुदायवाट साह पहिलो अध्यक्ष भएका हुन् ।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योगतर्फको उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ, महासचिवमा अमितकुमार सारडा, सचिवमा अमित राठी र दीपेश सुवेदी, कोषाध्यक्षमा विनित संघानिया तथा सहकोषाध्यक्षमा मनिष मारु पनि निर्विरोध चुनिएका छन् । संघको प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन् ।

त्यसैगरी कार्य समिति सदस्यमा राजेशकुमार अग्रवाल, विवेक अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा, वेदान्त जाजु, डा. वन्दना जैन, लोकेश टिवडेवाल, धिरज मोहत र ओमप्रकाश शर्मा चयन भएका छन् । आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल चयन भएका छन् ।

त्यस्तै संघको महिला उद्यम समितिको संयोजकमा साधना झा र सहसंयोजकमा जीना श्रेष्ठ चयन भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।