यी हुन् बालेन सरकारको ६ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको ८१ औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री शाह नेतृत्वलको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।

भदौ २५ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरू

१. पहिलोमा, संयुक्त राष्ट्र संघको ८१ औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।

२. त्यसपछि भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल-इन्डिया इन्टर-गभर्मेन्टल सब-कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने।

३. गृह मन्त्रालयबाट अनुचित लेनदेन, मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

४. भूमि व्यवस्था मन्त्रालयबाट काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहहरूको १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने।

५. शिक्षा तथा खेलकुद मन्त्रालयबाट शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल (भक्तपुर) र सदस्यमा श्री रामशरण सापकोटा (मकवानपुर) एवं महिला सदस्यमा श्री विष्णु घिमिरे रिमाल (काठमाडौं) लाई नियुक्ति गर्ने।

६. अर्को, सहसचिव श्री विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने र सहसचिव श्री उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिमको प्रदेश प्रमुख सचिव पदमा पदस्थापन गर्ने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।