काठमाडौं । वर्षासँगैको बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारण यही भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग बन्द छन्।
त्यसैगरी आज मुगुमा मुगु-गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, कालीकोटमा कर्णाली राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र सल्यानमा राप्ती राजमार्ग आज पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरी आज पनि बीपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डमा रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी सञ्चालनको पालो मिलाइएको प्रहरीले जनाएको छ।






Comment